आईतवार, २२ असार २०८२ ०१:४८

गृहमन्त्री खाँणद्धारा सियारी गाउँपालिका वडा नं – ७ मा अवस्थित अमवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

शुक्रबार, ८ श्रावण २०७८ १४:४०

साउन–८। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको सियारी गाउँपालिका वडा नं – ७ मा अवस्थित अमवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । गृहमन्त्री खाँणले नेपाली कांग्रेस रुपन्देही जिल्लाका सचिव रामकृष्ण खाँड मार्फत अमवा स्वास्थ्य चौकी तथा कोभिड अस्थायी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

गृहमन्त्री खाँणले पठाउनुभएको १ थान अक्सिजन कन्सन्ट्रेटर, २२ थान पिपिई, ४० ली. सेनिटाईजर, २ थान पल्स अक्सिमिटर, ४ थान बक्स, सर्जिकल मास्क, २ बक्स पञ्जा, ६ पोका अक्सिजन पाइप, १० थान फेश सिल्ड, ३ जोर बुट लगायतका स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र वडा न.७ का वडा सदस्य विनोद साहनीलाई सचिव रामकृष्ण खाँणले एक कार्यक्रममा बीच उपलब्ध गराउनुभएको हो ।

कार्यक्रममा बोल्दै सचिव खाँणले अहिले पनि कोरोनाको जोखिम उत्तिकै रहेकाले सबै सजक हुनुपर्नेमा जोड दिनुभयो । खाँणले कोरोना रोकथामका लागी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई भत्ता लगायत अन्य सुविधाका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो  ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले सियारीमा दुई वटा कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको जानकारी दिदै कोरोनाका कारण ज्यान गुमाउन पुगेका घरपरिवारलाई राहत पुगोस् भन्ने हेतुले कृयाखर्च स्वरुप २० हजारका दरले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा सह संयोजक सूर्यनारायण यादव र वडा सदस्य विनोद साहनीले स्वास्थ्य सामग्री प्रदान गर्नुभएका गृहमन्त्री खाडलाई धन्यवाद दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सियारी गाउँपालिका वडा नं – ७ का वडा सदस्य विनोद साहनीको अध्यक्षता,लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरीको प्रमुख अतिथि,गाउँपालिका अध्यक्ष अयोध्या थारु एंव जिल्ला सचीव रामकृष्ण खाडको विशिष्ट अतिथि,शुद्धोधन गाउँपालिका वडा नं – २ का वडा अध्यक्ष विष्णु बस्याल अतिथि रहनुभएको कार्यक्रमको संचालन अमवा स्वास्थ्य चौकीका इन्चार्ज तथा ( कोभिड १९ )अस्पतालका संयोजक दीपेन्द्र रिजालले गर्नुभएको थियो ।

Gagal mengambil konten.