आईतवार, ७ बैशाख २०८२ ०३:०६

शुद्धोधन गाउँपालिका वडा नं.४ मा महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चित गर्न समिति गठन

शनिबार, ९ श्रावण २०७८ ११:२६

साउन–९। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं.४ मा महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चित गर्ने उद्धेश्यले वडास्तरिय बाल संरक्षण समिति तथा महिला हिँसा निगरानी समिति गठन गर्ने कार्य सम्पन्न भएको छ। सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजनामा शुद्धोधन वडा नं ४ का विभिन्न आमा समुह,वडा समिति, टोल विकास संस्था, विद्यालय, महिला स्वयं सेविका लगायतको सहभागीमा उक्त कार्य सम्पन्न भएको हो ।

समाजमा व्याप्त महिला हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित राख्न सम्पन्न भएको भेलाले नन्दु भट्टराईको अध्यक्षमा बाल संरक्षण समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष रामचन्द्र चौधरी,सचिवमा केशव पन्थ,कोषाध्यक्षमा गीता पाण्डे,सदस्यहरुमा ऋषिराम भण्डारी ,जितबहादुर चौधरी,बालकृष्ण पराजुली,इन्द्र थारु,राजकुमारी थारु,उर्मिला थारु र मिना थारु चयन हुनुभएको छ ।

त्यस्तै महिला हिँसा निगरानी समुहको उपाध्यक्षमा देवि सापकोटा ,सचिव केशव पन्थ,कोषाध्यक्ष सुनिता थापा,सहसचिव गोमा पाण्डे,सदस्यहरुमा राधिका अधिकारी,गीता पाण्डे,ऋषिराम बस्याल,गुनेश्वरी थारु,दिपक काफ्ले,पुन्य प्रसाद चौधरी,प्रेम रोका र सरिता गैरे चयन हुनुभएको छ।

भेलाले समाजमा घट्न सक्ने बालबिवाह, बाल श्रम, चेलीभेटी बेचबिखन, महिला र बालिका विरुद्धको हिंसा रोकथामको लागी काम गर्ने जनाएको छ ।