आईतवार, ७ बैशाख २०८२ ०३:०४

प्रचण्डकै कारण देशमा राजनीतिक संकट पैदा भयो-शंकर पोखरेल

सोमबार, १८ श्रावण २०७८ १६:४५

साउन–१८, संवाददाता ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशमा राजनीतिक अस्थिरता पैदा हुनुको मुख्य जिम्मा पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने बताउनुभएको छ । सोमवार जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले आयोजना गरेको बृत्तचित्र सार्बजनिकिकरण कार्यक्रममा बोल्दै पोखरेलले प्रचण्ड अवसरवाद,अस्थिरता र महत्वकाक्षाकै कारण देशमा राजनितिक संकट पैदा भएकोले देशमा पैदा भएको राजनीतिक संकटको जिम्मा प्रचण्डले लिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले प्रचण्ड पूर्व एमाले भित्रको अन्तरविरोधमा खेल्ने काम गरेको आरोप लगाउनुभयो । एमाले स्थायी कमिटि सदस्य समेत रहनुभएका पोखरेलले एमाले भित्र र बाहिर भएका षड्यन्त्रको दृढताका साथ सामना गर्ने बताउदै प्रचण्ड बिना पनि बामपन्थी एकता सम्भव भएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आश्रितले पार्टीभित्र गरेको त्याग र योगदानको चर्चा गर्दै पार्टीको अनुशासनमा नबस्ने जो कोहिलाई पनि एकदिन कार्यकर्ता र नेपाली जनताले दण्डित गर्ने बताउनुभयो । उहाँले आश्रीत हुनुभएको भए पार्टीमा यो खालको समस्या उत्पन्न नहुने जिकिर गर्नुभयो । पोखरेलले नेपालमा बामपन्थी शक्तिहरु बलियो भएको देखी सहन नसक्ने शक्ति हावी भएकोले सचेत रहनुपर्नेमा जोड दिनुभयो ।