एसइईको नतिजा प्रकाशित,यस्तो छ हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा प्रकाशित गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गरेको छ ।
बोर्डले परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np, www.theconnectplus.com,
www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com,
www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।