असल बचत तथा ऋण सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा माक्स वितरण

कमन गुरुङ । हेल्लो नेपाल
रुपन्देहीको शुद्धोधन–४ मा अवस्थित असल बचत तथा ऋण सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा माक्स वितरण गरेको छ । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सहकारीले रगत अभावका कारण कसैका ज्यान जोखिममा नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष बालकृष्ण पराजुलीले बताउनुभयो । उहाँले उक्त रक्तदान कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको समेत जानकारी दिनुभयो ।
रुपन्देहीको नियमित रक्तदाता संघका अध्यक्ष राजेश हमालको विशेष पहलमा संचालन भएको उक्त कार्यक्रममा रक्तदाताहरुलाई चना–अण्डा तथा जुसको व्यवस्था भने सहकारीले नै गरेको अध्यक्ष पराजुलीले बताउनु भयो ।
त्यस्तै देशमा कोरोना भाइरसको जोखिम उत्तिकै रहेको बताउदै सरकारीले प्रहरीलाई माक्स र स्यानीटाइजर हस्तान्तरण गरेको छ। बिना माक्स सडकमा हिड्ने सर्वसाधारणका लागी प्रहरीमार्फत वितरण गर्ने उदेश्यले उक्त माक्स र स्यानीटाइजर वितरण गरिएको असल सहकारीका सचिव हेमन थापाले जानकारी दिनुभयो । सो अवसरमा सहकारीले प्रहरीलाई ३२थान माक्स , ५ लिटर स्यानीटाइजर , ह्यान्ड ग्लब्स हस्तान्तरण गरेको छ ।