प्रचण्डकै कारण नेपालको राजनीति अस्थिरता तर्फ – पोख्रेल

साउन – ३०, हेल्लो नेपाल ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सर्बोच्चको परमादेशका कारण नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । दाङमा सहिद नेत्रलाल अभागीको सालिक अनावरण गर्दै उहाले सरकार जनताको जनमत बाट निर्माण हुने बताउदै परमादेशका कारण मुलुक अस्थिरता तर्फ गएको दावी गर्नु भयो ।
प्रचण्डको महत्वाकांक्षा र अवसरवादी चरीत्रका कारण यो अवस्था सृजना भएको बताउदै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलले केपि ओलीको टाउकोमा हान्न गरिएको प्रयासले नेपालको राजनीति नै अन्यौलतामा परेको दावी गर्नु भयो ।
उहाले भन्नू भयो, माओवादीमा युद्धकालिन नीति जिवित रहेकोले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपि ओलीको टाउकोमा प्रहार गरेको हो ।
ध्रुविकृत राजनीतिमा केपि ओलीले स्वाधीनता र राष्ट्रियता अंगाल्ने ध्रुबको नेतृत्व र प्रचण्डले कुण्ठाका साथै अवसरबादको नेतृत्व गर्ने गरेको नेता पोख्रेलले वताउनु भयो ।