शनिबार, ६ बैशाख २०८२ २२:१२

एमाले भित्र रहेको गलत र अहंकारी प्रवृतिको बिरुद्धमा लड्छु-नेपाल

शनिबार, ३० श्रावण २०७८ १५:५३

साउन–३०, हेल्लो नेपाल ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने कुरा सत्य नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेकपा एमाले बाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताउनुभएको हो ।

उहाले अव प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि बढाइने धारणा राख्नुभयो । नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै त्यसको अन्त्यका लागी आफु लड्ने बताउनुभयो ।

यो भिडियो पनि हेर्नुहोस् –

अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने उहाको भनाई छ । उहाले पार्टीको प्रत्येक घटनाक्रम हेर्दा अध्यक्ष ओलीले पार्टी बिभाजन चाहेको आरोप लगाउनुभयो । नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुलेको र अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै बताउनुभयो ।

उहाले एकताका लागि अत्यन्त प्रयत्न गरेको बामदेव गौतमको जस्तोे अवस्था पार्टीभित्र आफुले व्यहोर्न नसक्ने स्पष्ट पार्नुभयो । पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालले लगाउनुभयो ।

कार्यक्रममा नेता नेपालले एमाले बाग्मती प्रदेश सम्पर्क संगठन कमिटीका सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।