” गुणस्तरीय शिक्षा संगै खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेर काम गरेका छौ” – प्राचार्य खनाल

साउन-३२, हेल्लो नेपाल ।
रुपन्देहीको सियारी–४ मा अवस्थित पब्लिक नमुना मा.वि ले Diploma in Civil Engineering र Diploma in Geometics मा भर्ना खुल्ला गरेको छ । CTEVT बाट स्वीकृत प्राप्त TECS कार्यक्रम अन्तर्गत मा.वि. ले Diploma in Civil Engineering र Diploma in Geometics मा भर्ना सुरु गरेको हो ।

२०२२ सालमा स्थापना भई शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिदै आएको पब्लिक माविले +२ तर्फ विज्ञान,व्यवस्थापन र शिक्षा संकायमा शिक्षा दिदै आएको छ । करिब १८०० भन्दा बढी विद्यार्थीहरुको बाहुल्यता भएको माविमा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट भर्नाका लागी विद्यार्थीहरु आउने गरेको प्राचार्य डिलाराम खनालले जानकारी दिनुभयो । उहाँले विद्यालय ५ वर्षभित्र ७० कोठाको एकेडेमी विल्डिङ्ग निर्माण गर्ने लक्ष्य सहित अघि बढेको बताउनुभयो । त्यस्तै विद्यालयले यसै वर्षभित्र १९ वटा कक्षा कोठा सम्पन्न गरी कक्षा संचालन गर्ने जनाएको छ ।


नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाई संचालन हुने माविले गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेर काम गरेको छ । विद्यालयले आफ्नै परिसर भित्र किक्रेट मैदान,बास्केटबल लगायतका खेलहरु प्रशिक्षक सहित संचालन गर्दै आएको प्राचार्य खनालले बताउनुभयो ।


यसै विधालय कक्षा ११ मा अध्यनरत छात्र संदेश ज्ञवाली भन्छन् – “क्रिकेट खेलमा अत्यन्तै रुची थियो, विद्यालयको हौसला र अभिभावकको हौसला ले गर्दा U-16 राष्ट्रिय तह को प्रतियोगितामा समेत सहभागी हुने मौका मिल्यो, यसको श्रेय सबै विद्यालयलाई नै दिन चाहन्छु ।“
प्राचार्य खनालका अनुसार विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक दिनुका साथै शिक्षकहरुलाई तहगत बढुवा,पोसाक,सञ्चय कोषको व्यवस्था गरेको बताउनुभयो ।


विद्यालयले समाजका कोही पनि व्यक्ति शिक्षा हासिल गर्नबाट बन्चित हुन नपरोस् भन्ने उद्धेश्यका साथ सिक्दै कमाउदै भन्ने नीति अघि सारेको जनाएको छ । यस अन्तर्गत विद्यालयले सीपमुलक तालिम व्यवहारिक ज्ञान दिने कार्यक्रम अघि सारेको जनाउदै पब्लिक माविमा भर्ना हुन आउने विद्यार्थीले पढ्नुका साथै घरमा पैसा पठाउन सक्ने स्थिति सिर्जना गर्ने विद्यालयका प्रचार्य खनालले जानकारी दिनुभयो ।


माविले छात्रवास,ई-लाइवेरी,यातायात,कम्त्युटर ल्याब लयायतका सेवाहरु संचालन गर्दै आएको छ । यसै विद्यालयमा अध्ययनरत विद्यार्थी राकेश कुमार बनियाँ Diploma in Geometics मा ९२.५९ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा नै उष्कृट हुन सफल भएको छ ।