शुक्रबार, १६ चैत्र २०८० ०१:२८

सरकारको कार्यशैलीको विरोधमा अनेरास्ववियु देवदह नगर कमिटीको विरोध प्रदर्शन

शनिबार, १५ माघ २०७८ १७:०२

माघ १५, हेल्लो नेपाल ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार विरोध प्रदर्शन गरेको छ। सरकारको कार्यशैलीको विरोधमा अनेरास्ववियु देवदह नगर कमिटीले उक्त विरोध प्रदर्शन गरेको हो। देवदहको खैरेनी स्थित बुद्ध चाेकमा भेला भएका अनेरास्ववियुका विद्यार्थीहरूले सरकारकाे चर्को विराेध गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा ‘परमादेशको सरकार मुर्दाबाद, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, कठपुतली सेटिङको सरकार मुर्दावाद’जस्ता सरकारविरुद्ध चर्का नारा लगाइएको थियो।

विरोध प्रदशनमा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य कृष्ण पौडेल, नेकपा एमाले देवदह नगर कमिटी सदस्य विष्णु पाण्डे, अनेरास्ववियु रा.प.स सदस्य नवीन गैरे, अनेरास्ववियु जिल्ला कमिटी सह-सचिब अर्जुन गैरे, अनेरास्ववियु जिल्ला सदस्य तथा नगर कमिटी ईन्चार्ज सुरज भट्टराई, जिल्ला सदस्य एलिना हमाल , देवदह न.पा वडा नं ४ को राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष आशिष पोखरेल लगाएत अनेरास्ववियु देवदह नगर कमिटीका विद्यार्थीको उपस्थिति रहेको थियो ।