शुक्रबार, १६ चैत्र २०८० ११:५६

देवदह–११ मा किशोर–किशोरीका लागि रेडियो तालिम सम्पन्न

आईतवार, ३० आश्विन २०७९ १२:१९

असोज ३० ।
देवदह नगरपालिकाको वडा नं ११ मा किशोर किशोरीका लगि रेडियो तालिम सम्पन्न भएको छ । किशोर किशोरीको क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हेल्लो नेपाल मिडियाको आयोजनामा र देवदह नगरपालिका वडा नं ११ को आर्थिक सहयोगमा असोज २४ देखि ३० गते ७ दिन सम्म चलेको तालिममा ३१ जना युवायुवतीको सहभागीता रहेको थियो ।

तालिम समापन कार्यक्रममा देवदह नगरका नगरप्रमुख ध्रुव खरेलले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै किशोर किशोरीको क्षमता विकासमा तालिम फलदायी रहेको बताउनु भयो । उहाले आगामी दिनमा पनि यस वडाका बालबालिकाको लागि कार्यक्रम व्यवस्थापन गर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै उप–प्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाको ११ र १२ वडाहरूमा यस्ता प्रकारका तालिम प्रभावकारी हुने बताउनु भयो । उहाले यहाँका वडावासीको सामाजिक रुपान्तरणमा नगरको तर्फबाट पहल गरिने बताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादव,वडा सदस्यहरु राजकुमार केवत, संगीता मल्लाहा,मंगल प्रसाद थारु, कौशिला हरिजन,पत्रकार त्रिलोचन दाहाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

मुस्कान थारु,दीपेन्द्र थारुको संचालनमा भएको कार्यक्रम हेल्लो नेपाल मिडिया प्रा.लि.का अध्यक्ष यम रानाको अध्यक्षतामा भएको थियो । तालिममा पत्रकार मीन रानाले सहजीकरण गर्नु भएको थियो ।