शुक्रबार, २८ चैत्र २०८१ २२:१३

गजेडी स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम सम्पन्न

बुधबार, २ चैत्र २०७८ १४:५६

कञ्चन, सुवास पुन

कञ्चन गाउँपालिका वडा नं. २ वसन्त फुलबारीमा गजेडी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको बीच लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालद्वारा उद्घाटन गरिएको छ।करिव २ करोड २२ लाखको लागतमा सम्पन्न स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले अब यस भेगका गर्भवती महिलाहरुले सहज ढंगले प्रसुती सेवा प्राप्त गर्नुका साथै आम नागरिकले अन्य स्वास्थ्य सेवा स्थानिय स्तरमानै प्राप्त गर्ने कुरा बताए।यहाँका जनप्रतिनिधिहरु निर्वाचित हुनु भन्दा अगाडि र जनप्रतिनिधिहरु निर्वाचित भए पछिको ५ बर्षको विकासको अवस्थालाई तुलना गर्न आम जनसमुदायलाई अनुरोध गर्दै निर्वाचित जनप्रतिनिधिहरुको सक्रीयता र मजबुत इच्छा शक्तिको कारणले कञ्चनको शिक्षा,स्वास्थ्य,पुर्वाधार विकास लगायत विभिन्न क्षेत्रमा धेरै काम भएको जिकिर गरे।कार्यक्रमका विशिष्ट अतिथी कञ्चन गापाका अध्यक्ष गोकर्ण क्षेत्रीले यश क्षेत्रका नागरिकहरूको माग अनुरुप प्रदेश सरकार,केन्द्र सरकारसँग जोडदार पहल गरि यो स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएको कुरा बताउनुका साथै सम्पुर्ण कञ्चनबासीहरुलाई सुन्दर र समृद्ध कञ्चन बनाउन एक मनको भएर लाग्न अनुरोध गरे।

कार्यक्रममा कञ्चनका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम,जनता समाजवादी पार्टीका प्रदेश सचिव सोमनाथ पौडेल,नेकपा माओवादी कञ्चनका अध्यक्ष पुष्पराज शर्मा,नेपाली काँग्रेस कञ्चनका सभापती देवीराम रेग्मी,नेकपा एमाले कञ्चनका अध्यक्ष दिनानाथ आचार्य,कञ्चन गा.पा.का प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी लगायतले आफ्ना भनाईहरु राखेका थिए। कार्यक्रम कञ्चन गा.पा. वडा नं.२ का वडा अध्यक्ष शेर बहादुर थारुको अध्यक्ष्यता,कञ्चन गाउँ कार्यपालिका सदस्य रेणु कुवरको स्वागत तथा गजेडी स्वास्थ्य चौकीका ईन्चार्ज गीताराम रिजालको सञ्चालनमा सम्पन्न भएको थियो।