गुलाब बहुउद्देश्यीय सहकारी संस्थाको नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न

सैनामैना, सुवास पुन
सैनामैना नगरपालिका वडा नं ८ मा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्थाको दशौ स्थापना दिवस तथा नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। संस्थाको नव निर्मित भवन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले थोरै पुँजी भएकाहरुले थोरै थोरै रकम सहकारिता मार्फत संकलन गरि आफ्नो आर्थिक विकास र समृद्धिमा जोड दिनु पर्ने कुरा बताए।

उनले भारतको अमुल कम्पनीको उदाहरण दिदै अमुल कम्पनी पनि यहाँका जस्तै गुजरातका साना साना किसानहरुको सहकार्य मार्फत सहकारिताको अवधारणा अनुरुप अगाडि बढ्दै आज विश्वको सबैभन्दा ठूलो सहकारी संस्था बन्न सकेको कुरा औंल्याए।सहकारीले थोरै पुँजी भएका किसानहरुलाई जोड्दै जानू पर्छ,उनले भने,”सहकारीले कृषिको विकास र बजारीकरणमा जोड दिनु आवश्यक छ जसबाट किसानहरुलाई कृषि पेसामा आवद्धभै आफ्नो आम्दानीमा वृद्धि गरि सरल जीवनयापन गर्न मदत मिल्नेछ।
संस्थाको दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो।कार्यक्रमका अतिथिहरु कृषि अनुसन्धान केन्द्र भैरहवाका प्रमुख सन्देश धिताल,नेसनल लाइफ इन्स्योरेन्स लि.बर्दघाट साखाका प्रमुख,संस्थाका सुर्यपुरा क्षेत्र संयोजक तिलक रिजाल,संस्थाकि शेयर सदस्य लालुमाया पुन लगायतले आफ्नो भनाइहरु राखेका थिए।संस्थाका अध्यक्ष गोपाल भण्डारीले संस्थाको वार्षिक कार्य विवरण प्रस्तुत गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष गोपाल भण्डारीको अध्यक्ष्यता,संस्थाकी उपाध्यक्ष माया ज्ञवालीको स्वागत तथा संस्थाका सह-व्यवस्थापक कमल रानाको सञ्चालनमा सम्पन्न भएको थियो।