शनिबार, ६ बैशाख २०८२ ००:०८

वर्तमान सरकारको असक्षमताको कारण देश श्रीलंकाको बाटो तर्फ जादै-खिमलाल भट्टराई

मंगलवार, २९ चैत्र २०७८ ०३:५२

गैडहवा, वर्तमान सरकारको असक्षमताको कारण देश श्रीलंकाको बाटो तर्फ जाँदै गरेको कुरा राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले बताउनुभएको छ।

गैडहवा-७ गुलहरियामा नेकपा एमाले गैडहवा गाउँ कमिटीको गाउँपालिका चुनाव प्रचार प्रसार तथा जन सम्पर्क कार्यालयको उद्घाटन गर्दै राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले पाँच दलिय गठबन्धन सरकारको असक्षमता र अयोग्यताले गर्दा देशको अर्थतन्त्र टाट पल्टने अवस्थामा पुगेको र सरकारले देशलाई श्रीलंकाको बाटो तर्फ अगाडि बढाइरहेको आरोप लगाउनुभयो।जनताले बैंकमा राखेको आफ्नो पैसा निकाल्न पाइरहेका छैनन्,महँगीले जनताको ढाँड सेकिरेको छ,उहाँले भन्नुभयो,”वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले देशलाई आर्थिक संकटको भुमरीमा धकेलेर आफ्नो लाज ढाक्नको निम्ति राष्ट्र बैकको गभर्नरलाई बर्खास्त गरेको छ।यो भन्दा लज्जास्पद र लाचारीपुर्ण कुरा के हुन सक्छ?” अब गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने र देशलाई झन भन्दा झन अन्धकार तर्फ दोर्याउने कुरा बताउनुभयो।”नेपाली जनताले वर्तमान सरकारको क्षमता र योग्यतालाई बुझिसकेका छन्,तसर्थ म भन्छु नेकपा एमाले बाहेक अब कसैले देशको बागडोर सम्हाल्न सक्दैन।विकास र समृद्धि केवल नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव छ।”खिमलाल भट्टराईले भन्नुभयो।

गैडहवाको जनताले अब नेकपा एमालेलाई जिताउने कुरा बताउदै अबको पाँच बर्ष भित्र एमालेले गैडहवाको कायापलट गर्ने समेत ठोकुवा गर्नुभयो।आदिवासी,जनजाति ,दलित,थारु,मुस्लिम तथा मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन एमाले प्रतिबद्ध रहेकाले एमालेको झण्डामुनी गोलबद्वभै एमालेलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३०० बढी नेकपा एमालेमा प्रबेश गरेका थिए।