बिहीबार, १९ असार २०८२ १५:३२

मिस्टर एण्ड मिस जेनेरेसन सिजन २ को फाइनल असोज १ गते हुने

शुक्रबार, ३१ भाद्र २०७९ ०२:५२

३० भदौ, शुद्धोधन
जेनेरेसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा अशोज १ गते शनिवार जुनियर टिन्स मिस्टर एण्ड मिस जेनेरेसन २०२२ सिजन २ फाइनल हुने भएको छ। १३ बर्ष मुनिका बालबालिकाहरुको सृजनशिलता र अतिरिक्त क्षमताको प्रस्फुटन गरी उनिहरु भित्र रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ सञ्चालन गर्न लागिएको प्रतियोगितामा १० जना बालबालिकाहरुले सहभागिता जनाएका छन।
बालबालिकाहरु असंख्य प्रतिभाहरुको श्रोत हु।,ती श्रोतहरुको पहिचान गरी उनिहरुको क्षमता अनुसार ज्ञान र सिप प्रदान गर्न सके तिनै बालबालिकाहरु यो देशका सभ्य, असल र अनुशासित नागरिकको रुपमा उत्पादन हुने भएकोले तिनै प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गरिएको जेनेरेसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट बुटवल प्रबन्ध निर्देशक रवि रानाले बताउनु भएको छ। आजभोली बालबालिकाहरुलाई आफैमा सृजनशिल हुने वातावरणको अभाव छ र यस कुरामा अभिभावकहरुको ध्यान कम हुने भएकोले यस प्रतियोगिताले आफ्ना बालबालिकाहरुलाई उनिहरुको चाहना अनुसारको सृजनशिलताको वातावरण सृजना गर्ने प्रबन्ध निर्देशक रवि रानाले विश्वास व्यक्त गर्नु भएको छ।

मेजेस्टी ग्रुप, ग्राण्ड प्रोडक्सन र जयन टेक्निकल कलेज अफ टेक्नोलोजीको सहकार्यमा हुने प्रतियोगिता शुद्धोदन ४ फर्साटिकरको रिद्धि सिद्धी प्यार्टी प्यालेसमा दिउस ३ बजे देखि शुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयुस्मा राना, समृद्धि खडका, एलिस मगर, सााक्षी पौडेल, दर्पण राना, रुविन आले, स्मृति थारु, तरुण चौधरी, सम्पदा गौतम र समिक्षा जिसी गरी १० जना बालबालिकाहरुले प्रतियोगितामा सहभगिता जनाएका छन। प्रतियोगिताको फोटो ग्राफी क्लिक स्टुडियो एण्ड प्रिन्टिंगले गर्ने छ।
प्रतियागितामा सहभागी प्रतिस्पधीहरुले आकर्षक गिफ्ट ह्याम्पर, एक बर्ष सम्म निशुल्क स्वास्थ्य जाँच, उनिहरुको व्यक्तित्व तथा नेतृत्व बिकास र शैक्षिक स्तर बृद्धि गर्न निशुल्क रुपमा बिभिन्न तालिम प्राप्त गर्ने आयोजकले जनाएको छ। कार्यक्रमको मिडिया पार्टनरको रुपमा रेडियो शुद्धोदन, हेल्लो नोपल, बुद्ध अनलाइन टिभी, ए भि नेपाल,कञ्चन खवर, अरु के छ डटकम सञ्चार गृहहरु रहेका छन।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Gagal mengambil konten.