शुक्रबार, १२ आश्विन २०८० २२:५१

बुटवल न्युरोडमा `निड नेपाल डट कम’ को कार्यालय उद्घाटन

शुक्रबार, २२ पुष २०७९ १७:१३

बुटवल।

बुटवल। मन्दिर मीडिया प्रा. ली. द्वारा संचालित अनलाइन मीडिया निड नेपाल डट कम (Need nepal) ले आफ्नो कार्यालय उद्घाटन गरेको छ। कार्यालय रुपन्देहीको व्यस्त शहर बुटवलमा उद्घाटन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट आफ्ना भनाई राख्दै जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनता र राष्ट्रका लागि मिडिया र मिडियाकर्मीले भुमिका बढाउने बेला आएको बताउनुभएको छ ।

डुम्रेले न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका भित्रका गलत पक्ष र प्रवृत्तिलाई निरुत्साहित गर्दै जनता र राष्ट्रका मुद्दालाई केन्द्रमा राखेर कलम चलाउन पत्रकारलाई अनुरोध समेत गर्नुभएको छ । राष्ट्र एक प्रकारको गम्भीर संकटबाट गुज्रिएको भन्दै यसलाई सकारात्मक र जन-उत्तरदायि बनाउन मिडियाले सशक्त भुमिका खेल्नु पर्ने साथै जनपक्षीय मुद्दामा जनतालाई साथ दिनुपर्नेमा जोड दिनुभएको हो । डुम्रेले सत्य,न्याय र यथार्थका पक्षमा लेख्न कोही कसैको डर धम्की बाट पछि नहट्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् बुटवल उपमहानगरपालिका पुर्व उपमेयर गोमादेवी आचार्यले मिडियाले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड् दिनुभएको थियोे,कार्यक्रममा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि युवराज गिरी,एमाले नेता एवम् व्यवसायी गोपाल राना,नेकपाका जिल्ला सदस्य बिरेन्द्र विक लगायतले बोलेका थिए ।