बुधबार, ३ कार्तिक २०७८ १८:१७

सियारीको हर्नैयामा वृक्षारोपण कार्यक्रम सम्पन्न

बुधबार, २७ श्रावण २०७८ १५:५१

तुलसी राम पौडेल , श्रावण २७

रुपन्देहीको सियारी गाउपालिका -३ हर्नैयामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सियारी -३ हर्नैया स्थित हर्नैया प्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । हर्नैया प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनिराम थारुको अध्यक्षता, सियारी गाउपालिका वडा नम्बर -३ का वडा अध्यक्ष घिसन अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न सो वृक्षरोपण कार्यक्रममा अर्जुन ,कदम ,हररो लगायत ५०० वटा विरुवाहरु रोपिएका थिए ।२०६३ सालदेखि विरुवा रोप्न शुरु भएको सो सामुदायिक बन विधिवत रूपमा दर्ता भएको थियो ।

सामुदायिक बनको क्षेत्रफल १० विगाहा रहेकोे हाल त्यस बनमा आप ,आवला,सिसौ ,सफेदा,टिक ,बास लगायतका रुखहरु रहेकोे हर्नैया प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिका सदस्य निरम्कर भुजले बताउनु भयो ।सामुदायिक बनमा आन्तरिक पर्यटक आकर्षणको लागि पिकनिक स्पोट बनाउने सामुदायिक बनका अध्यक्ष धनिराम थारुले बताउनु भयो । सामुदायिक बनमा हालै नया समिति गठन भएको छ जसको अध्यक्षमा धनिराम थारु उपाध्यक्ष रम्भा थारू ,कोषाध्यक्ष ध्रुब यादव सचीव तुलसी यादव ,सहसचिव जितु यादव सदस्यहरु रामचन्द्र गुप्ता ,राजपालक थारू , ,त्रिभुवन थारु,सुरु जमात हरिजन ,निरम्कर भुज ,राजकुमार यादव ,विनय थारु ,धर्मराज गौड ,इजहर धुनिया लगायत रहनु भएको छ।