शुक्रबार, १२ आश्विन २०८० २३:१४

“म ठूलो रिक्स लिएर आएको छु अव कुनै कम्परमाइज गर्दिन’- कुलमान घिसिङ

बुधबार, २७ श्रावण २०७८ १७:१४

साउन–२७,हेल्लो नेपाल ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गर्नुभएको छ । घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिनुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो । पदबहाली पछि घिसिङले नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताउनुभयो । उहाले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने प्रतिवद्धता पनि जनाउनुभयो । उहाले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यसमा केन्द्रीत रहेको जिकिर गर्नुभयो । घिसिङले प्राधिकरणलाई अघि बढाउन सबै कर्मचारीको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । बिधुत प्राधिकरणभित्रको सुशासनलाई महत्वपूर्ण रुपमा राखिने उहाले बताउनुभयो । उहाले नेपालको लगानी जलबिधुतमा धेरै भन्दा धेरै गर्नुपर्ने पनि बताउनुभयो । आफु ठूलो रिक्स लिएर प्राधिकरण आएको भन्दै घिसिङले अव कुनै कम्परमाइज नगर्ने स्पष्ट पार्नुभयो । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आउनु भएको थियो ।