शनिबार, ६ बैशाख २०८२ १८:३८

सात मन्त्री सहित मुख्यमन्त्री कुल प्रसाद केसीले लिए सपथ

बिहीबार, २८ श्रावण २०७८ १५:१४

साउन–२७,हेल्लो नेपाल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिनुभएको छ । बुटवलमा बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहालाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री केसीले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख शेरचनले शपथ गराउनुभयो । केसीले डिल्ली चौधरीलाई सहरी तथा ग्रामीण विकासमन्त्री,कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री र सहसराज यादवलाई भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

त्यस्तै अजय शाही, बिनाविभागीय पुर्मती डेंगा, बिनाविभागीय र सुमन शर्मा रायमाझी, बिना विभागीयमन्त्री बन्नुभएको छ ।