बिहीबार, १५ चैत्र २०८० १८:३३

भैरहवामा मेलमिलाप कर्तालाई शपथ

शनिबार, ३० श्रावण २०७८ ०२:३७

साउन ३०, हेल्लो नेपाल ।

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।  असार २३ गते देखि ३० गते सम्म भएको ४८ घण्टे तालिम प्राप्त गर्नु भै नगरपालिकामा सूचिकृत हुनु भएका मेलमिलाप कर्ताहरुलाई आफ्नो पद र गोपनियताको शपथ ग्रहण गराईएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख हरि अधिकारीले समाजमा न्याय हराउदै गएकाले मेलमिलापकर्ताले पिडितलाई न्याय दिलाउनु पर्ने र त्यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।उप प्रमुख तथा न्यायिक समितिका संयोजक उमा काफ्ले शपथ गराउदै  मेलमिलापकर्तालाई सामाजिक न्यायको सिद्धान्तलाई आत्मसात गरि अघि बढन आग्रह गर्नु भयो ।

यो भिडियो पनि हर्नुहोस्-

त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले मेलमिलापकर्ताहरुलेआफ्नो कार्य क्षमता र दक्षतालाई सहि संग लागू गर्नेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा शोभा काफ्ले , तारापती भण्डारी ,रिता खनाल ,विमला पोख्रेल र लिलामणी पाण्डेले तालिमका अनुभव सुनाउनु भयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य न्यायिक समितिका सदस्य तथा वडा नं ८ का सदस्य उमेश थापा र संचालन मेलमिलापकेन्द्रका संयोजक भिष्मराज पन्थीले गर्नु भएको थियो ।

नगरपालिकामा मेलमिलाप तालिम प्राप्त गर्नु भएका  ५८ जना सुचिकृत मेलमिलाप कर्ता भएको उपप्रमुख तथा न्यायिक समितिका संयोजक उमा काफ्लेले जानकारी दिनु भयो ।