बुधबार, ३ कार्तिक २०७८ १८:२८

कांग्रेस बैठकको निर्णय-महाधिवेशनको नयाँ कार्यतालिका सर्वसम्मतले नै टुङ्गो लगाउने

शनिबार, ३० श्रावण २०७८ १३:४६

साउन–३०, हेल्लो नेपाल ।

नेपाली कांग्रेसले पार्टीभित्र सर्वसम्मतले नै महाधिवेशनको नयाँ कार्यतालिको टुङ्गो लगाउने जनाएको छ ।

शनिबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

भिडियो हर्नुहोस् –

१४ औं महाधिवेशनको नयाँ कार्यतालिकका बिषयमा सदस्यहरुले आफ्नो धारणा राखिरहेको उहाले बताउनुभयो । त्यस्तै महाधिवेशन निर्वाचन निर्देशिकाका बिषयमा पनि धारणा राख्नेक्रममा जारी रहेको र यसलाइ पनि आवश्यक परिमार्जन गरिने शर्माले बताउनुभयो । बैठकमा सदस्यहरुले अफगानस्थानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बिट्रिस भूतपूर्व गौर्खा सैनिकको बिषय, इपिएस परिक्षा पास गरेर कोरिया जान नपाएको लगाएतका बिषयमा पनि देउवाको ध्यानाकर्षण गराइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

उहाले आमन्त्रीत केन्द्रीय सदस्यहरुले राजीनामा दिदै गर्दा उठाएका बिषयहरुलाई पनि सम्बोधन गरिने बताउनुभयो ।

भदौ १६ देखि १९ गतेसम्मका लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।