पार्टीको नेतृत्व निर्माणको सन्दर्भमा युवाको समावेशीता विधानमा नै व्यवस्था गर्नुपर्ने – पोखरेल

साउन -३०, हेल्लो नेपाल ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी भित्र युवाको समावेशिता बिधानमा नै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार काठमाडौंमा सुनिता बरालद्वारा लिखित पुस्तक समृद्धि प्रतिको संकल्प बिमोचन गर्दै पोखरेलले पार्टीको नेतृत्व निर्माणको सम्दर्भमा युवाको समावेशिता विधानमा नै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाले पार्टीको बिधान अधिवेशन हुन लागेको भन्दै आफुले नै उक्त प्रस्ताव लैजाने धारणा पनि राख्नुभयो ।
यो भिडियो पनि हेर्नुहोस् –
पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन सवै उमेर समूहका व्यक्तिहरुको समावेशिता अपरिहार्य रहेको उहाले बताउनुभयो । उहाले जनताले अनुमोदिन गरेका व्यक्तिहरु जनता प्रतिउतरदायि हुन नसके जनप्रतिनिधि हुन नसक्ने उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले पार्टीलाई सहि बिचारको बाटोमा अघि बढाउनुपर्ने भन्दै जवजको गलत व्यख्यालाई रोक्नुपर्ने समेत बताउनुभयो ।