शनिबार, ६ बैशाख २०८२ १८:४४

बाह्रखरी कथा प्रतियोगिता हुने

आईतवार, ३१ श्रावण २०७८ १४:५५

साउन–३०, हेल्लो नेपाल ।
डिस होम बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १२ खरी बुक्सले प्रतियोगिताको तेस्रो संस्करण घोषणा गरेको हो । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथा मध्ये प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।

कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो पटकको कथा प्रतियोगिताका मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल रहनु भएको छ । त्यस्तै, कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहको सदस्य रहनुभएको बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

कथा प्रतियोगिताको नतिजा आगामी मंसिर ३ गते बिशेष कार्यक्रमकाबचि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

कथा भाद्र ३१ गतेसम्म पठाउनुपर्ने बताइएको छ ।