बुधबार, ३ कार्तिक २०७८ १९:३८

सोमबार ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना कारण ३५ जनाको मृत्यु

सोमबार, ३२ श्रावण २०७८ १२:००

साउन-३२, हेल्लो नेपाल |

नेपालमा सोमबार थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ९३ पिसिआर परिक्षणका क्रममा २ हजार ५ सय ६६ र ५ हजार ५ सय १८ एन्टीजेन परिक्षणका क्रममा ८८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ ।

त्यस्तै कोरोना कारण थप ३५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १० हजा ३२७ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार ४ सय ५८ संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ६ लाख ८५ हजार १४० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३९ हजार ३७१ सक्रिय संक्रमित आइशोलेशन र ४०२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ वटा पिसिआर र ४ लाख १ हजार ३ सय ७१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।