शनिबार, ६ बैशाख २०८२ १८:४३

अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना काठमाडौं आईपुगे

मंगलवार, १ भाद्र २०७८ १३:३०

भदौ–१, हेल्लो नेपाल ।
अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जनालाई काठमाडौं ल्याइएको छ । उनीहरुलाई जजिरा एयरलाइन्सबाट मंगलबार काठमाडौं ल्याइएको हो । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पु¥याएको थियो । दोहाबाट उनीहरु नेपाल आएका हुन् ।

काठमाडौं ल्याइएकामध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक हुन् । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने नेपाली सेनाले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो ।

नेपाल आएका नागरिकहरुले दुतावासमा काम गर्ने नेपालीहरु सुरक्षित रहेपनि अन्य काममा गएका नेपालीको अवस्था अज्ञात रहेको बताएका छन् । उनीहरुले बाँकी रहेका नेपालीहरुलाई पनि छिटो उद्धार गर्नुपर्ने बताए ।