बहस र छलफलबाट पार्टीलाई सही गन्तव्यमा लैजान सकिन्छ – ईन्चार्ज न्यौपाने

भदौ ३, हेल्लो नेपाल ।
नेकपा एमालेको विधान अधिवेशनका लागि सुझाव संकलन कार्यक्रम देवदहमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पार्टीका रुपन्देहीका ईन्चार्ज दधिराम न्यौपानेले कार्यकर्ता विचको बहश र छलफलबाट पार्टीलाई उचित गन्तव्य तर्फ लैजाने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाले विचारले लेस भएका कार्यकर्ताहरुको एकता बद्ध प्रयासबाट मात्रै देश र जनताको विकासमा योगदान पुग्ने बताउदै उहाले विधान अधिवेशनले पार्टीलाई थप मजबुत बनाउने धारणा राख्नु भयो ।
आन्तरिक पार्टी जीवनलाई लोकतान्त्रिक बनाउन सकिएमा राष्ट्र विकासमा बल पुग्ने बताउदै पार्टी केन्द्रिय सदस्य न्यौपानेले सवै कार्यकर्ताहरु गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनु भयो । प्रस्तावित विधानमा प्रस्तुत गरिएको विषय कसैलाई सर्व शक्तिमान बनाउन नभई पार्टीलाई गतिशील बनाउन ल्याईएको उहाले बताउनु भयो ।
पार्टीका क्षेत्रीय संयोजक यज्ञ गैरेको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश कमिटीका सदस्य डा. कृष्ण न्यौपाने, जानकी न्यौपाने , प्रदेश विभागका सदस्य डोलराज चापागाईं,ध्रुव खरेल लगायतले बोल्नु भएको थियो । त्यसै गरि वैठकमा जिल्ला कमिटी सदस्यहरु प्रकाश अर्याल, मन कुमार पौडेल,कृष्ण नेपाल, युवराज न्यौपाने,कृष्ण पौडेल,भण्डारी गुप्ता,सुनिल कौशल लगायतले बोल्नु भएको थियो ।
वैठकमा क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने जिल्ला कमिटीका सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला विभागका सदस्यहरुले प्रस्तावित विधान मस्यौदा माथी आ- आफ्ना धारणा राखेका थिए ।