शुक्रबार, १६ चैत्र २०८० ०३:२६

कक्षा १२ को परीक्षा छिटो संचालन गर्नु-शिक्षा तथा स्वास्थ्य समिति

शुक्रबार, ४ भाद्र २०७८ १३:४०

भदौ–४,हेल्लो नेपाल ।

प्रतिनिधिसभा अन्तर्गतको कक्षा १२ को परीक्षा छिटो गर्नु शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कक्षा १२ को परीक्षा स्थगित हुनु अस्वभाविक देखिएको भन्दै छिटो भन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिका सभापति जयपुरी घर्तिले कोरोनाका कारण परिक्षा स्थगित हुन तथ्य संगत पुष्टि नहुने बताउनुभयो । अन्य क्षेत्र सञ्चालन हुँदा पनि कक्षा १२ को परिक्षा भने स्थगित गर्नु उचित नभएको उहाको भनाई छ । त्यस्तै उहाले कुनै बिकल्प नै नदिएर परिक्षा स्थगत गर्नु गलत भएको धारणा राख्नुभयो । अब छिटो परीक्षा गरेर निकास दिन उहाले सुझाव दिनुभयो ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परिक्षाको सवै तयारी पुरा गरेको अवस्थामा अन्तिम समयमा परिक्षा रोक्न सिसिएमसीबाट निर्देशन आएको तर्क गर्नुभयो । स्वास्थ्यसम्बन्धी सवै प्रोटोकल पुरा गर्नेगरि परिक्षाको तयारी भएपनि अचानक परीक्षा रोक्न भनिएको उहाले बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले कक्षा १२ को परीक्षा रोक्नुको कुनै कारण नरहेको बताए । सांसद गिरिराजमणी पोखरेलले सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाईसमेत छलफलमा बोलाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताउनुभयो । उहाले खोप लगाएर मात्रै नहुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर परिक्षा लिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै सांसद जीवनराम श्रेष्ठले सीसीएमसीले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाउनुभयो ।

परिक्षाको तालिका समेत सार्वजनिक भइरहेको अवस्थामा कोरोनाको जोखिमलाई देखाउदै सरकारले कक्षा १२ को परिक्षा स्थगित गरेको थियो । परिक्षा स्थगित कहिले हुने भन्ने अझै टुङ्गो लाग्न सकेको छै्रन ।