मंगलवार, ९ कार्तिक २०७८ ०१:२८

सोमबार १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि,कोरोनाका कारण २४ जनाको मृत्यु

सोमबार, ७ भाद्र २०७८ १३:२०

भदौ–७,हेल्लो नेपाल ।

नेपालमा सोमबार थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ एन्टीजेन परिक्षणका क्रममा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार ५ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ३८ हजार ३५१ सक्रिय संक्रमित आइशोलेशन र ३९३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३९ हजार ३९५ वटा पिसिआर र ४ लाख ३५ हजार १७७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।