शोकलाई शक्तिमा बदलेर अघि बढौ- डा. न्यौपाने

भदौ-८,हेल्लो नेपाल ।
नेकपा एमालेका पार्टी सदस्य देवदह-३ निवासी नारायण गिरीको निधन भएको नवौ दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न भएको छ ।
शोक सभामा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य डा. कृष्ण न्यौपानेले स्व. गिरीको निधनले समाज र पार्टीमा ठूलो क्षति भएको बताउनु भयो ।
जन्म पछिको मृत्यु अवश्यम्भावी भएकाले शोकलाई शक्तिमा बदलेर अघि बढनु पर्नेमा जोड दिदै प्रदेशसभा सदस्य डा. न्यौपानेले उहाका असल गुणहरुलाई परिवार र समाजले सम्झी रहने बताउनु भयो ।
स्व. गिरीको स्मृतिमा उहालाई सम्झिरहन सकिने सामाजिक कार्य परिवारको तर्फबाट गर्न सकिएमा उहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नु भयो ।
पार्टीका शाखा कमिटी सचिव विष्णु ज्ञवालीको अध्यक्षता र नवीन गैरेको संचालनमा भएको शोक सभामा नेकपा एमाले जिल्ला सदस्य तथा देवदह नगर अध्यक्ष प्रकाश अर्याल, पार्टीका जिल्ला सदस्य तथा देवदह नगरका उप-प्रमुख विद्यालक्ष्मी गुरुङ, ओम प्रकाश न्यौपाने लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
त्यसै गरि देवदह -३, बसन्तपुर निवासी पार्टी सदस्य बालकुमारी क्षेत्रीको दुखद निधन भएकोमा नेकपा एमालेले शोक सभा सम्पन्न गरेको छ । शोक सभामामा नेकपा एमालेका प्रदेश कमिटी सदस्य डा. कृष्ण न्यौपाने, जिल्ला सदस्य प्रकाश अर्याल, जिल्ला सदस्य तथा नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।