जिल्ला सभापतिहरु द्धारा पार्टी कार्यालय सानेपामा धर्ना

भदौ–८,हेल्लो नेपाल ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । क्रियाशील सदस्यता विवाद टुंगिएको भनिए पनि सार्वजनिक नगरिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरुले सूचिकृत सबै क्रियाशीलको नाम हेर्न पाउनुपर्ने माग गरेका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले धर्ना बसिएको कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।
जिल्ला सभापतिको धर्नालाई कांग्रसका केहिह केन्द्रीय सदस्यहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसी लगाएत धर्नामा पुगेका थिए । थापाले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्दै देखिएका त्रुटिहरुलाई सच्चाउनुपर्ने बताउनुभयो । त्यस्तै केसीले जायज मागलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एक रुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।