शुक्रबार, १६ चैत्र २०८० ०४:३६

देवदहका बाढी प्रभावितलाई सिद्धार्थनगर लायन्स क्लवबाट राहात वितरण

सोमबार, १४ भाद्र २०७८ १३:२१

भदौ -१४, हेल्लो नेपाल ।


देवदहका बाढी प्रभावित ३० घर परिवारलाई लायन्स क्लव सिद्धार्थनगरले राहात वितरण गरेको छ । देवदह नगरपालिका ३ , बसन्तपुरका १८  र देवदह-२ पेटवनियाका १२ घर परिवारलाई राहात वितरण गरिएको क्लवका फस्ट भिसी चन्द्र थापाले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष भिष्मराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स क्लवका डिस्ट्रीक सेकेण्ड भिडिजी नवराज न्यौपानेले बाढी प्रभावितहरुलाई थोरै भए पनि राहत मिलोस भन्ने उद्देश्यले सहयोगको हात अघि बढाएको वताउनु भयो ।

दुखमा परेकाहरुलाई साथ दिनु नै मानविय धर्म भएकाले सोही धर्म पूरा गर्न देवदहसम्म आएको बताउदै  न्यौपानेले सवैको सहकार्यबाट बिपदलाई परास्त गर्न सकिने धारणा राख्नु भएको थियो ।

राहात वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर -२ का वडा सदस्य तिलक गुरुङ र वडा नम्वर ३ का वडा सदस्य लिला दर्जीले भैरहवा देखी देवदहसम्म आएर बाढी प्रभावितलाई राहात प्रदान गर्नु भएका क्लवका पदाधिकारी तथा सदस्यहरुलाई कृतज्ञता प्रकट गर्नु भएको थियो ।

राहात वितरण कार्यक्रममा क्लवका सेकेन्ड भिपी रवि श्रेष्ठ, कोषाध्यक्ष उमेश थापा, लायन्स क्लव देवदहका अध्यक्ष विनोद थापा, पत्रकार रविन्द्र गुप्ता , स्थानीय समाजिक कार्यकर्ताहरु रमेश विष्ट, नवीन गैरे लगायत क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

क्लवले राहत सामाग्रीमा प्रती घर २५ केजी चामल, दाल, तेल , सोयाविन वितरण गरेको क्लवका सचिव धर्मराज आचार्यले बताउनु भयो ।