रुपन्देहीको रोहिणीवासी बाढी प्रभावितको अवस्था बुझ्दै सांसद विश्वकर्मा
भदौ १४,हेल्लो नेपाल ।
प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका वाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्नु भएको छ । केही दिन देखि परेको अविरल वर्षाका कारण समस्या भोगी रहेका रोहिणी गाउँपालिकाका विभिन्न वडावासीसँग भेट गरी विश्वकर्माले त्यहाँको अवस्थाको बारेमा जानकारी लिनु भएको हो ।
उहाँले रोहिणी गाउँपालिका – ५ मा तुरीया खोलाले गरेको कटान र वरवा गाउँमा भएको डुवानले पारेको प्रभावको वारेमा वडा अध्यक्ष तथा स्थानीयवासीसँग जानकारी लिनु भएको थियो । सो अवसरमा वरवा गाउँका स्थानीयवासीले आफुहरुको ५०÷६० विघा खेती योग्य जमिन धानवाली सहित बाढीबाट कटान भएको बताएका थिए । कटान क्षेत्रको अवलोकन गर्दै उहाँले जलउत्पन प्रकोप कार्यालयसँग समन्वय गरी नदी कटान समस्या समाधान गर्ने बताउनु भएको थियो ।
त्यसै गरी नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले रोहिणी गाउँपालिका भएर वग्ने रोहिणी खोला,वघेला खोला तथा महाउ खोलाले पु¥याएको क्षति र प्रभावको अवलोकन गर्नु भएको थियो । अवलोकनका क्रममा सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक इञ्जीनियरको टोलीले नदीमा निर्माण भएको पुलको संरक्षण तथा नदी नियन्त्रणका लागि सडक डिभिजन कार्यालयको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पुर्वमन्त्री विश्वकर्माले रोहिणी गाउँपालिका वडा नं ५ र ६ को विष्णुपुरा, नौडिहवा,वोधवार,ईमलिहवा,वुचि र वरवाका वाढी प्रभावित स्थानीयवासीसँग भेट गरी राहात र उद्धारका लागि पहल गर्ने बताउनु भयो । सो अवसरमा गाउँपालिका,रेडक्रस,अन्य सहयोगी संस्था र सरकारको तर्फबाट राहात उपलव्ध गराउनका लागि प्रक्रृया अघि बढाईएको समेत उहाँले जानकारी दिनु भयो ।
दशगजा क्षेत्रको नेपाली भु–भागमा भएको डुवानको मूख्य कारण भारतीयले एक पक्षिय ढंगले निर्माण गरेको पुर्व–पश्चिम सडकखण्ड भएको बताउँदै विश्वकर्माले कुटनीतिक पहलका आधारमा त्यसलाई समाधान गरिने बताउनु भयो ।
सो अवसरमा नेकपा एमालेका नेता गुणाखर भुसाल,पार्टीका जिल्ला सचिवालय सदस्य संजय गुप्ता,जिल्ला सदस्य नरसिहँ चौधरी,पार्टीका नेता शैलेन्द्र उपाध्याय,सुनिल कौशल,मुस्ताक अहमद खाँ,अमिन तेली, चिन्ताहरण चौधरी लगायतको सहभागिता रहेको थियो ।