बुधबार, ३ कार्तिक २०७८ १९:११

सियारी गाउँपालिकाद्वारा बाढीपीडित लाई राहत वितरण कार्यक्रम जारी

मंगलवार, १५ भाद्र २०७८ १४:२३

तुलसी राम पौडेल
सियारी, भाद्र १५

हालै भएको अविरल वर्षाको कारणले प्रभावित बाढीपीडितहरुलाई रुपन्देहीको सियारी गाउपालिकाले राहत दिने कार्यक्रमलाई सक्रियता रुपले निरंतरता दिएको छ।सियारी गाउपालिका वडा नम्बर -६ करेङ्गे टोलका बाढीपीडित ५ घर परीवारलाई राहत वितरण गरिएको छ। दैनिक अति आवश्यक खाद्य सामाग्री चामल , दाल नुन ,तेल ,आलु ,पियाज वितरण गरीएको हो । गाउपालिका उपाध्यक्ष अमृता गुरुङ र वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले संयुक्त रुपमा राहत सामाग्री वितरण गर्नुभएको हो ।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले अन्य वडाहरुका बाढीपीडितहरुलाई पनि राहत वितरण गरिने बताउनु भयो ।यस अघि गाउपालिका वडा नम्बर १ मा आइतबार बाढीपीडित हरुलाई राहत सामाग्री वितरण गरिएको थियो ।वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले बाढीपीडितहरुको घर निर्माणको लागी गाउपालिकामा पहल गरीने बताउनु भयो । राहत कार्यक्रममा वडा सदस्यहरु,नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति सदस्य खुमाकान्त अधिकारी, स्काउट तदर्थ समितिका संयोजकं युवराज आचार्य लगायतका सदस्यहरुको सहभागिता रहेको थियोे ।