शनिबार, ६ बैशाख २०८२ २२:१७

रूपन्देहीमा जारी निषेधाज्ञा भदौं ३१ गतेसम्म थप,तीज र घरमै सुरक्षित भएर मनाउन आग्रह

मंगलवार, १५ भाद्र २०७८ १५:४२

भदौ–१५,हेल्लो नेपाल ।

रूपन्देहीमा जारी निषेधाज्ञा भदौं ३१ गतेसम्म थप भएको छ । मंगलबार बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा भदौं ३१ गते राति १२ बजेसम्म थप गर्र्नै निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम अझ पनि उस्तै रहेको भन्दै यसपालीको तीज होटल तथा पार्टी प्यालेसमा मनाउन नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

बैठकले सभा,जुलुुस,हाटबजार,सिनेमा हल संचालनमा पूर्ण रुपमा बन्देज लगाउनुका साथै शैक्षिक संस्थाहरु,प्रशिक्षण केन्द्र,भाषा कक्षा,ट्युसन जमघट हुने गतिविधिहरु नगर्न समेत निर्देशन दिएको छ । त्यस्तै सार्वजनिक सवारी संचालनमा सिट क्षमताको आधा मात्र राख्न पाईने,अनिवार्य रुपमा माक्स लगाउनुपर्ने,सवारी साधनको ढोकामा अनिवार्य रुपमा सेनिटाईजरको प्रयोग गर्नुपर्ने,विवाहका लागी स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २ वटा साना सवारी साधनमा १० जना सम्म शुभविवाहको ब्यानर राखी आउन,जान पाईने लगायतका निर्णयहरु बैठकले गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सुचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले महिलाहरुको महान् पर्व तीज र घरमै सुरक्षित भएर मनाउन आग्रह गरेको छ ।