बुधबार, १७ बैशाख २०८२ ०८:२६

पर्वतमा पहिरोमा परी ५ जनाको ज्यान गयो

शुक्रबार, १८ भाद्र २०७८ ११:२७

भदौ–१८,हेल्लो नेपाल ।

अविरल वर्षासगैँ आएको पहिरोमा परी पर्वतमा ५ जनाको ज्यान गएको छ । पहिरोमा परेर कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना ,मोदी गाँउपालिका ५ अम्बोटमा एक जना गरी ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर दुर्लुङमा एकै घरमा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने बाँकी तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै पहिरोमा परी कुश्मा नगरपालिका ११ पकुवाका ३५ वर्षिय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल,मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षिय ठुलीमाया थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ठाउँहरुमा पनि पहिरो गएका कारण के कति क्षति भयो भन्ने बारे अहिले सम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।