बिहीबार, १५ चैत्र २०८० २२:३९

कांग्रेस तरुण बिभागको आदिवासी जनजाती समन्वय विभागको केन्द्रिय सदस्यमा गुरुङ

शनिबार, २६ असार २०७८ ०४:४१

बुटवल – रुपन्देहिका तरुण नेता, तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देही जिल्ला संगठन सचिव अर्जुन गुरुङ नेपाली काङ्ग्रेस केन्द्रिय तरुण विभागको आदिवासी जनजाती समन्वय समितिको सदस्य पदमा मनोनित भएका छन् ।

रुपन्देहीमा रहेर बिभिन्न सामाजिक कार्य तथा तरुणको क्षेत्रमा काम गर्दै आएका गुरुङ लामो समयदेखि सामाजिक कार्यमा व्यस्त छन् ।

कांग्रेसको आह्वानमा मात्रै होइन, उनी जनताको पक्षमा रहेर हरेकजसो आन्दोलनमा सक्रिय रहन्छन् । उनको काम गराई देखेरै पार्टिले यो सिफारिस गरेको बुझिएके छ ।  उनलाई पार्टिले राम्रो युवा नेताको रुपमा लिने गरेको उनी निकट बताउँछन् ।