रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पृष्टि

रुपन्देही | रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । १९१ जनाको परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको हो । त्यस्तै २१ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण हुनेमा बुटवल उपमहानगरपालिकामा १५, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ७७ जना, देवदह नगरपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकामा १(१ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै रुपन्देहीमा जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०४ पुगेको छ भने जिल्लामा हाल कोरोनाका ३७३ संक्रिय संक्रमितको बिरामी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।