बुधबार, ३ कार्तिक २०७८ १८:०८

निगम कर्मचारी आन्दोलन : नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाइयो

शनिबार, २६ असार २०७८ १४:३०

काठमाडौँ | नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाएका छन् । शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रवन्धपत्र जलाएका हुन् । निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रवन्धपत्र जलाएको बताएका छन् । उनीहरुले निगम निजिकरण बन्द गर, निगम बेच्न पाइदैन, महाप्रवन्धक राजीनामा दे लगाएका प्लेकार्ड प्रर्दशन गर्दै नारावाजी गरेका थिए । कर्मचार्रीहरुले निगमलाई धरासयी बनाउदै नीजिकरण गर्न लागेको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । उनीहरुले निगमलाई निजिकरण गर्न निगमको सम्पतिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगााएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।