बिहीबार, ४ बैशाख २०८२ ०८:४८

लुम्बिनी बिकास कोषद्वारा अमवा कोभिड अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग

सोमबार, ७ असार २०७८ १७:४४

सियारी, असार ७

रुपन्देहीको सियारी गाउपालिकाद्वारा वडा नम्बर -७ पश्चिम् अमवामा संचालित अमवा अस्थायी कोभिड अस्पताललाई लुम्बिनी विकासद्वारा १० लिटर क्षमताको अक्सिजन उत्पादन गर्ने मेसिन उपलब्ध गराइएको छ।लुम्बिनी विकास कोषका बोर्ड सदस्य एवं समाजसेवी श्रीराम यादवको पहलमा सो कोषका उपाध्यक्ष भन्ते मितैयाले सियारी -७ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी विक र कोभिड अस्पतालका इन्चार्ज दिपेन्द्र रिजाललाई संयुक्त रूपमा सो मेसिन हस्तान्तरण गर्नुभएको हो ।

लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्रीराम यादवले आगामी दिनमा आवश्यकता परे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसै अवसरमा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष लक्ष्मी विक ,समाजसेवी अविराम विक ,हुमकान्ति भुर्तेल ,कोभिड अस्पताल इन्चार्ज दिपेन्द्र रिजालले यसरी सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिनुभएको थियो ।१० लिटर क्षमताको सो मेसिन एकपटकमा २ जना विरामिलाई सेवा उपलब्ध गराउन सकिने जानकारी गराइएको थियो ।