शनिबार, ६ बैशाख २०८२ ०९:४९

एमाले कार्यदलमा १० बुँदे सहमति

आईतवार, २७ असार २०७८ १७:२७

काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताको १० बुँदे सहमति गरेको छ ।

सिंहदरबारमा आइतबार करिव १४ घण्टा बसेको बैठकले पार्टी एकताका लागि सहमति जुटाएको हो । बैठकपछि एमाले नेता भीम रावलले १० बुदे सहमति भएको जानकारी गराउनुभएको थियो । उहाले ऐतिहासिक निर्णय गरेको बताउनुभयो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र वाचन गर्नुभएको थियो । ज्ञवालीका अनुसार पार्टीभित्रको विवाद आन्तरिक विधि पद्धती अनुसार हल गरिने छ । बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुने लगायतका सहमति गरेको छ। पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो , उहाले सबै संगठनहरु अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने जानकारी दिनुभयो ।