शुक्रबार, १६ चैत्र २०८० ११:०५

सर्वोच्चले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

सोमबार, २८ असार २०७८ ११:४०

काठमाडाैं, २८ |

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको सोमबारको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो । उहाले पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई बधाई र धन्यवाद दिनुभयो । प्रचण्डले अदालतसंग सेटिङ आफुले नभइ केपी ओलीले गरेको र अदालतलाई प्रभाव पार्ने काम पनि ओलीले गरेको तर्क गर्नुभयो । पटक पटकको संसद विघटन र पटक पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थितिमा जनताको जीतको रुपमा अगाडि आएको प्रतिक्रिया दिनुभयो ।