शनिबार, ६ बैशाख २०८२ ०९:५९

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

शनिबार, २ श्रावण २०७८ १३:५८

साउन–२ । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिकाको स्याउलेमा शुक्रबार राति मोटर साइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा जोशीपुर-६ का पदम चौधरी रहेको प्रहरीले जनाएको छ । से ३प ५९५४ नम्बरको मोटरसाइकलमा सवार चौधरी बाटोमा रहेको पशुचौपायासँग ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।