बिहीबार, १५ चैत्र २०८० १९:४४

देवदह साप्ताहिक नवौं वर्षमा प्रवेश

सोमबार, ११ श्रावण २०७८ १४:४२

साउन–११, केशव पराजुली
रुपन्दहीको देवदहबाट प्रकाशित हुदै आएको देवदह साप्ताहिक नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा वोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले राज्यले संचारकर्मीलाई चौथो अंगको रुपमा लिए पनि नागरिकले संचारकर्मीलाई पहिलो अंग मानेको बताउनु भयो  । सञ्चार जगतको विकासबाट मात्र समाजको रुपान्तरण संभव भएको बताउँदै नगर प्रमुख खत्रीले सवैको साथ र सहयोगबाट सञ्चार क्षेत्रको विकासमा योगदान दिन सकिने बताउनु भयो ।  खत्रीले राजनिति आग्रह पुर्वाग्रह बिना सञ्चारकर्मीले आफ्नो कर्तव्य पुरा गर्नु पर्ने मा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विचार फरक भएता पनि पत्रकारको हकहितमा सबै पत्रकार एकजुट रहेको दावी गर्दै युटुबरले समाज बिखण्डन गरिरहेकोले युटुबरलाई मिडिया सँग नदाज्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार र सँघ संस्थाले सञ्चार क्षेत्रको प्रवद्र्धनमा योगदान दिनु पर्ने बताउँदै हालसम्म तीनै तहका सरकारको सञ्चार प्रतिको धारणा सकारात्मक हुन नसकेको औंल्याउनु भयो ।

साप्ताहिकका प्रकाशक त्रिलोचन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले सुचनाको हक सबैमा रहेकोले सुचना सबैलाई सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

साप्ताहिकका व्यवस्थापक भिम गुरुङ्गको स्वागत तथा सम्पादक राम बहादुर गुरुङ्गको सञ्चालनमा भएको  कार्यक्रममा नेकपा एमाले देवदह नगर अध्यक्ष तथा जिल्ला सदस्य प्रकाश अर्याल, जनमुक्ती पार्टीका केन्द्रिय उपाध्यक्ष दल बहादुर विरकट्टा,पत्रकार यम राना,केशव पराजुली निर्मल एस.पि मगर,टंक सुनार लगायतले सञ्चार क्षेत्रमा सहकार्यको खाँचो रहेको औल्याएका थिए ।

कार्यक्रममा बुद्धनगर सामुदायिक बनका अध्यक्ष जिवलाल रेग्मी, बुद्ध सामुदायिक बनका अध्यक्ष टेक बहादुर राना,राप्रपा देवदह अध्यक्ष माधव रिमाल,लायन्स क्लबका अध्यक्ष बिनोद थापा मगर,  लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान पत्र दिईएको थियो ।