मंगलवार, ९ कार्तिक २०७८ ०१:३८

नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि

मंगलवार, १२ श्रावण २०७८ १४:१०

साउन १२ | नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइशोलेशन र ३५६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ६३ हजार ९७८ पिसिआर र २ लाख ९९ हजार ६२४ एन्टीजेन परिक्षण गरिएको छ ।