बिहीबार, २१ मंसिर २०८० ०८:३५

जिविका सहकारीद्वारा फलफूलका बिरुवा वितरण

मंगलवार, १९ श्रावण २०७८ ०२:२४

साउन १९ | जिविका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निशुल्क फलफूलका बिरुवा बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । सहकारीले आफ्ना शेयर सदस्य र स्थानिय २० संघ संस्थालाई निशुल्क फलफूलका बिरुवा बितरण गरेकाे हाे । उच्च गुणस्तरका आँप, लिचि, अमला र कागतीका कलमी बिरुवा सदस्यकाे राेजाई अनुसार १ सदस्य १ बिरुवाका दरले बितरण गरेकाे छ । सहकारी संस्थाकाे समाज प्रतिकाे उत्तरदायित्व अन्तर्गत शुद्दाेधन गाउँपालिका, वडा कार्यालय, बिधालय, प्रहरी, मन्दिर, क्लब, आमा समूह गरि २० संस्थाहरुलाई फलफूलका बिरुवा बितरण गरेकाे छ ।

पहिलाे चरणमा गत असार १९-२० मा सहकारीका तीन सय सदस्य र दाेश्राे चरणमा साउन १७-१८ गते बाँकी सदस्य र संस्थाहरुलाई बिरुवा बितरण गरिएको हाे । सदस्य परिवारमा पाेषण वृद्धि गराउन तथा पर्यावरण संरक्षणमा याेगदान पुर्याउन फलफूलका बिरुवा बितरण गरिएको सहकारीका अध्यक्ष दामाेदर पंगेनीले जानकारी गराउनुभयाे ।