शनिबार, ६ बैशाख २०८२ ०९:५७

विमला वलीलाई बन्धक बनाएर राखिएको हैन-भूमिश्वर ढकाल

बिहीबार, २१ श्रावण २०७८ १३:३०

साउन–२१, संवाददाता । नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गर्नुभयो । मुख्यमन्त्रीसंग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उहाको भनाई छ । उहाले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गर्नुभयो । यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले जबर्जस्ती मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको र आफु भागेर निस्कन सफल भएको बताउनुभएको थियो । प्रमुख सचेतक ढकालले वलीकै सहमतिमा एमालेसंगको छलफलका लागि वातावरण तयार गरेको र अहिले लगाइएको सवै आरोप निराधार भएको पनि बताउनुभयो । यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ती जनाउनुभयो । ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गर्नुभयो ।