शुक्रबार, १६ चैत्र २०८० ०२:५०

देवदह -९ को नव निर्मित कार्यालय भवनको शुभारम्भ (फोटो फिचर सहित)

शुक्रबार, २२ श्रावण २०७८ १०:०४

साउन २२,संवाददाता ।
देवदह नगरपालिका वडा नम्वर -९ को नव निर्मित कार्यालय भवनको शुभारम्भ गरिएको छ । कार्यालय भवनको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले कार्यालय भवनले जनताको सेवा र सुविधामा सहजता पुग्ने बताउनु भयो । आफनै भवन र आफ्नै संरचनाबाट छिटो छरितो सेवा प्रवाह गर्न सकिने बताउदै उहाले जनताको सुविधाको निम्ति जनप्रतिनिधि र कर्मचारी जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

देवदह नगरपालिकाको वडा नम्बर ९ कृषि स्मार्ट ग्रामको रुपमा समेत चिनिएको उल्लेख गर्दै उहाले सवै नागरिकहरुलाई उत्पादनमा जोडिएर अघि बढन समेत आग्रह गर्नु भएको थियो ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै देवदह नगरका नगर प्रमुख हिराबहादुर खत्रीले वडा कार्यालय भवनको निर्माणबाट प्रभावकारी सेवामा योगदान पुग्ने बताउनु भयो । उहाँले राजनीतिक रुपमा विभाजित भए पनि विकास निर्माणका लागी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम वडा अध्यक्ष केशव भट्टराईको अध्यक्षता ,वडा सदस्य खैराज शर्माको स्वागत तथा वडा सचिव मित्र बहादुर थापाको संचालनमा भएको थियो । कार्यक्रममा नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशाकीय अधिकृत डिल्लीराज बेल्वासे लगायत राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।