शुक्रबार, १६ चैत्र २०८० १९:३०

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्युु

मंगलवार, २६ श्रावण २०७८ ०४:०८


साउन २६, हेल्लो नेपाल ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको उपचारको क्रममा निधन भएको छ । ईलाका प्रहरी कार्यालय वर्दघाटमा कार्यरत वाग्लेलाई सोमवार साझ ८ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले त्रीवेनी चोक नजिकै ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक वाग्लेलाई थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारको क्रममा राती निधन भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक दिपेन्द्र पुन पनि घाइते भएको र नियन्त्रणमा राखेर उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।