मंगलवार, ६ चैत्र २०८० १०:५३

युवाहरुलाई उत्पादन र व्यवसाय सगैँ राजनीतिमा जोड्ने कडीका योद्धा राजेन्द्र कडेँल

मंगलवार, २७ बैशाख २०७९ १०:३७

बैशाख २७, युवाहरुलाई उत्पादन र व्यवसाय सगैँ राजनीतिमा जोड्ने कडीका योद्धा राजेन्द्र कडेँल । शैक्षिक जागरण,स्वास्थ्य क्षेत्र,समाज परिवर्तन,विकास निर्माणका लागी अहोरात्र खटिने एक क्रियाशिल व्यक्तित्व हुन् राजेन्द्र कडेँल ।

सामान्य गाउँले जीवनमा जन्मिएर हुर्किएका कडेँलले राजनीतिलाई समाजसेवाका रुपमा लिएर सामाजिक जागरण,शोषित,निम्न वर्गका लागी काम गरिरहेका छन् । जनताको जीवनस्तर उकास्न तथा कृषि,व्यवसायमा लाग्न उत्प्रेरित गर्न कडेँलले महत्वपूर्ण भुमिका खेलेका छन् । राष्ट्रिय युवा संघ नेपालका सदस्य  समेत रहेका कडेँल सानै उमेर देखि नै फरक र सलिन व्याक्तित्वका धनि हुन् । कडेँलले गरिव, दुखि र असाहयको पक्षमा काम गर्ने कम्युनिष्ट पाटीको सदस्य भएर काम गरिरहेका छन् । वावु नगेन्द्र ब कडेँल र आमा केशव माया कडेँलको कोखबाट ३ भाई छोरा मध्ये जेठो छोराको रुपमा स्याङ्गजा जिल्ला साविक सेखाम हाल चापाकोट नगरपालिका वडा नम्बर ७ मा राजेन्द्र कडेँलको जन्म २०४४/१२/१९ मा भएको थियो ।

२०५० सालतिर पाल्पा रामपुर नगरपालिका-२ मा स-परिवार बसाई सरेर आएका कडेँलले पाल्पाको रामपुरबाट नै एस.एल.सी र प्रमाणपत्र तहको शिक्षा हासिल गरेका थिए । संगै राममणि बहुमुखी क्याम्पसबाट समाजशास्त्र विषयमा स्नाकोतर गरका कंडेल एक अध्यानशिल युवा समेत हुन् । २०६३ सालमा पाल्पा रामपुरबाट बसाई सरी रुपन्देही जिल्लाको फर्साटिकर हाल शुद्धोधन–४ मा परिवार सहित मधेस झरेका कडेँलले २०६४ सालमा गाउँ कमिटि सदस्य(साविक फर्साटिकर),राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँकमिटि सचिव,अध्यक्ष हुदैँ राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं.३ सहसचिव भएर काम गरिसकेका छन् ।  युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिदै कडेँल २०७४ सालको स्थानीय तहको निर्वाचनबाट शुद्धोधन–४ मा वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । कंडेल निर्वाचित भएर वडाध्यक्षको जिम्मेवारी सम्मालेपछि नेकपा एमालेले अघि सारेको आफ्नो गाउँ,आफै बनाउँ भन्ने कार्यक्रम अन्र्तगत जनताको दुख पीडालाई आफ्नै जस्तो ठानेर काम गरिरहेका छन् ।

राजनीतिलाई समाजसेवाका साथै उत्पादनको क्षेत्रमा पनि जोड्न पर्छ भन्ने भावनाका साथ राजेन्द्र प्रसाद कडेँलले कोभिडको महामारीका बेला जनताका घरघरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गरेका थिए । आफ्नो स्वास्थको वेपर्वाह गरि उनि दिन रात नभनी जनता संगै महामारी विरुद्द लडिरहे |  लामो समय शिक्षण पेसामा आबद्ध रहेका कडेँलले विभिन्न सामाजिक संघसंस्थाहरु, विद्यालय,सहकारी,कृषि समुहको नेतृत्व समेत गरिसकेका छन् । शुद्धोधन–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता कडेँलले वडा र गाउँपालिकाको विकास र सम्वृद्धिमा अतुलनिय योगदान दिएका छन् । उहाँकै पालामा बाटो ,सडक,पुल कल्भर्टको निर्माणले तिव्रता पाएका थियो । शैक्षिक क्षेत्रको विकास नभएसम्म समाज परिवर्तन,विकास निर्माणका कामले गति नलिने भन्दै उहाँले शैक्षिक क्षेत्रको उत्थानका लागी आफु जनप्रतिनिधि हुदाँ शिक्षा,स्वास्थ्य,सामुदायिक भवन तथा अन्य पुर्वाधार विकासका कामहरुलाई समेत विशेष प्राथमिकतामा राखेर काम गरेका थिए ।

चौतर्फी बिकाशको सिद्धान्तलाइ अङ्गीकार गरेका कडेल युवा माझ मात्र नभई वृद्दव्रिद्दा माझ पनि उतिकै लोकप्रिय बनेका छन्  त्यस्तै युवा संशक्तिकरण,बृद्धबृद्धाका लागी सम्मान कार्यक्रम,कृषि,स्वास्थ्य,शिक्षाका क्षेत्रमा गरेको लगानीले जनताको जिवनस्तर उकास्न योगदान पुगेको छ । शुद्धोधन गाउँपालिकालाई पर्यटन हवको रुपमा विस्तार गर्न समेत कडेँलले आफु जनप्रतिनिधि हुदाँ महत्वपूर्ण भुमिका खेलेका छन् । त्यसै गरी उनको कार्यकालमा नै खानेपानी,सिंचाई,शैक्षिक संस्थाको स्तरोन्नती,शिपयुक्त जनशत्ति उत्पादनमा जोड,युवा शसक्तिकरणका लागि पहल गरेका थिए । शालिन,सरलता,सहयोगी स्वाभावका कडेँल नागरिकको सुखदुखमा सहभागी हुने, उनीहरुको गाह्रो–साह्रो अप्ठयारो पर्दा साहारा बनेर उभिने न्याय र समानताको पक्षमा वकालत गर्ने एक होनहार युवा कम्युनिष्ट आन्दोलनका सिपाही हुन् ।