शुक्रबार, १६ चैत्र २०८० ०३:१५

विभिन्न पार्टीबाट ४१३ जना नेता कार्यकर्ता राप्रपा प्रवेश

बिहीबार, १७ चैत्र २०७८ ०५:४२

बुटवल- स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी प्रवेश कार्यक्रमले राम्रै चर्चा पाउन थालेको छ ।

यसैको शिलशिला रुपन्देही जिल्लामा पनि रोकिएको छैन । रुपन्देही जिल्लामा विभिन्न पार्टी त्याग गरेर एमाले र नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार सेलाउन नपाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पनि विभिन्न पार्टीबाट ४१३ जना नेता कार्यकर्ता प्रवेश गरेका छन् । उनीहरुलाई वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले पार्टीमा प्रवेश गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रचारप्रसार कार्यालयको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ बाट नेपाली कांग्रेसलाई त्यागेर क्रमशः ७० र १५० जना,सियारी गाउँपालिकाबाट एमाले छोडेर ६५ जना,शुद्धोधनको १ बाट जसपा परित्याग गरि ५७ जना,शुद्धोधन २ बाट मा काङ्ग्रेस परित्याग गर्दै ७० जना र माक्र्सवादी पार्टीका जिल्ला कोषाध्यक्ष दर्शन चौधरी समेत गरी कुल ४१३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेको राप्रपाले जनाएको छ । कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, केन्द्रीय सदस्यहरु वसन्त बिक्रम शाही, नानुमाया थापा र स्वाती थापा लगायत पार्टी कार्यकर्ताहरुको सहभागी रहेको थियो ।