रवी र रेखाको आवाजमा ‘लैजा जोवन’ सार्वजनिक [भिडियो]

भाद्र २४
रवी ओड र रेखा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडल विजेता रवी र चर्चित देउडा गायिका रेखाको स्वरमा ‘लैजा जोवन’ बोलको गीत सार्वजनिक भएको हो । यो देउडा भाकामा तयार गीत हो ।
गीतमा अबिनाश थापाको शब्द, भीम बिसीको संगीत र विश्व अधिकारीको एरेन्ज छ । नरेन भट्टराईको निर्देशनमा तयार भिडियोमा गायक÷गायिका रवी र रेखा स्वयं प्रस्तुत छन् ।
साथमा दिया चाहर, दीपिका राना मगर, जिगर ओड, सुनिल बिसीलाई पनि देख्न सकिन्छ । केशव विश्वकर्माको छायाँकन रहेको भिडियो दिन्सन शाहको सम्पादनपश्चात ‘रवी ओड’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।